Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे भगवती मन्दिरको दर्शन र रथयात्रा अवलोकन

राष्ट्रपति पौडेलले गरे भगवती मन्दिरको दर्शन र रथयात्रा अवलोकन

मंगलवार , भाद्र ११, २०८१

पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा पूजाअर्चनाका साथै रथयात्रा अवलोकन गरेका छन् ।

पाल्पाको रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति पौडेल पाल्पाको तानसेन आएका हुन् ।

जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका थिए ।

यस्तै राष्ट्रपति पौडेलले नेपाली सेनाको दि फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका जनप्रतिनिधि र सरोकारवालासँग भेट गरे ।

पूजाअर्चना र रथयात्रामा सहभागी भएर उनी आजै काठमाण्डौडौं फर्किएका छन् । नेपालले बुटवल जितगढी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनीको अङ्ग्रेज फौजलाई हराएको सम्झनामा आज २०५ औं विजयोत्सव तथा भगवती रथयात्रा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077