Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रहरीका एआईजी र डीआईजी पनि सर्वोच्चमा, उमेरहदका आधारमा अवकाश रोक्न माग

प्रहरीका एआईजी र डीआईजी पनि सर्वोच्चमा, उमेरहदका आधारमा अवकाश रोक्न माग

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । हाल नेपाल प्रहरीका अधिकारीहरू रिट लिएर सर्वोच्च अदालत पुग्ने क्रम जारी छ । ३० वर्षे सेवा अवधि विवादबारे प्रहरी अधिकारीहरू सर्वोच्च धाइरहेका हुन् ।

सोही क्रममा अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीसहितका विशिष्ट अधिकारीहरू पनि मंगलबार सर्वोच्च पुगेका छन् । उनीहरु उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।

उनीहरूले नेपाल प्रहरी ऐन र नियमावलीले तोकेको पदका आधारमा उमेरहद खारेज गरी समानरूपमा निजामति ऐनमा जस्तै उमेरहद कायम गर्न माग दाबी गरेका छन् ।

एआईजी ज्ञवाली यही भदौ २५ मा उमेरहदका आधारमा अवकाशमा जाँदै छन् । गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले २१ प्रहरी अधिकारीहरुको रिटमा सुनवाइ गर्दै ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसपछि सर्वोच्चमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट रिट दिनेको चाप बढेको छ । यसअघि, गत आइतबार सशस्त्र प्रहरीको डीआईजीबाट अवकाशको पत्र पाएका अभिकुमार खत्रीसहित १२ जनाको तर्फबाट रिट दायर भएको थियो ।

त्यसमा मंगलबार नै न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यस्तै नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्चले दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै पनि सर्वोच्चमा भ्याकेट निवेदन परेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077