Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

परराष्ट्रमन्त्री आरजुविरुद्ध स्टाटस लेखेको भन्दै दुईजना पक्राउ, धनगढीमा सुरक्षा व्यवस्था कडा !

परराष्ट्रमन्त्री आरजुविरुद्ध स्टाटस लेखेको भन्दै दुईजना पक्राउ, धनगढीमा सुरक्षा व्यवस्था कडा !

मंगलवार , भाद्र ११, २०८१

कैलाली । कैलालीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीका रचित शाह र प्रतिक जोशी रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । उनीहरु दुवै जनाले मन्त्री आरजु र पूर्वप्रधानमन्त्री देउवाविरुद्ध सामाजिक सञ्जालमा प्रश्न उठाएका थिए ।

सोही विषयमा प्रहरी उनीहरुलाई पक्राउ गरेको आरोप छ । तर यता कैलाली प्रहरीले भने अर्कै विषयमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको दाबी गरेको छ ।

मन्त्री आरजु बुधबार गृह क्षेत्र धनगढी आउने कार्यक्रम रहेको छ । उनको निवास धनगढीमा राखिएको गौरा देवीको समापन गर्ने कार्यक्रमका लागि उनी धनगढी आउने तयारी भएको हो ।

उनको घर नजिकै अस्ति मात्रै बम भेटिएको थियो । सोही घटनापछि कैलाली प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । साथै प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पनि पक्राउ गरेको छ ।

यसैगरी पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली पनि भोली नै धनगढी आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077