Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ मा यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन् ।

निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077