Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवमा कुँवर निर्वाचित

एकीकृत समाजवादीको सचिवमा कुँवर निर्वाचित

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवमा शेर बहादर कुँवर निर्वाचित भएका छन् । पदाधिकारीका लागि भएको निर्वाचनमा उनी सर्वाधिक मतसहित विजयी भएका हुन् ।

उनले १५३ मत पाए । कुँवर अछाम क्षेत्र नम्बर १ बाट विजयी सांसद समेत हुन् ।

सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट कुँवरले १५३ मत ल्याउँँदा चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ निर्वाचित भएका छन् ।

यस्तै महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गए राति सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077