Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या

टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थीको गोली हानेर हत्या गरिएको छ ।

टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको हो ।

प्रहरीका अनुसार हत्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । स्रोतका अनुसार मृतक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानपश्चात् शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077