Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

२ लाख ६८ हजार पुग्यो एन्फा महासचिवको तलब

२ लाख ६८ हजार पुग्यो एन्फा महासचिवको तलब

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।

एन्फाका महासचिव राईको मासिक तलब २ लाख ६८ हजार रुपैयाँ बढीहुने केन्द्रीय कार्यसमिति बैठकले मंगलबार निर्णय गरेको हो।

अध्यक्ष पंकजबिक्रम नेम्बाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफल हुँदा महसचिवको तलब २ हजार अमेरिकी डलर पुर्‍याउने प्रस्ताव राखेका थिए ।

केही सदस्यको असन्तुष्टिका बावजुद यो प्रस्ताव बहुमतले पारित भएको छ। हाल महासचिव किरण राईको मासिक तलब १ लाख २० हजार रुपैयाँ छ।

बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077