Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अब उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक हुन्छ : आईजीपी कुँवर

अब उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक हुन्छ : आईजीपी कुँवर

बुधवार , भाद्र १२, २०८१

बुटवल । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन्।

आईजीपी कुँवरले अब उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताए ।

प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको आईजीपी कुँवरको भनाइ छ ।

रुपन्देहीमा पनि प्रहरीको व्यवहार आफूलाई चित्त नबुझेको भन्दै महानिरीक्षक कुँवरले राजस्व चुहावट भएकोमा असन्तुष्टी जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077