Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपालविरुद्ध बंगलादेशको तेस्रो गोल, दबाबमा नेपाल

नेपालविरुद्ध बंगलादेशको तेस्रो गोल, दबाबमा नेपाल

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाल विरुद्ध तीन गोलको अग्रता लिएको छ।

बङ्गलादेशले तेस्रो खेल निर्धारित समयको ७१औँ मिनेटमा गरेको हो ।

खेलको पहिलो हाफमै बङ्गलादेशले १–० गोलको अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडी मिराजुल इस्लामले फ्रिकिकमार्फत गोल गरेका थिए ।

पेनाल्टी क्षेत्रको केही बाहिर नेपाली खेलाडीले फल खेलेपछि बङ्गलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

सोही अवसरको फाइदा उठाउँदै इस्लामले फ्रिकिकमार्फत आकर्षक गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा बङ्गलादेशले निर्धारित समयको ५५औँ मिनेटमा दोस्रो गोल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077