Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

शंखमूलमा स्नुकर सञ्चालक बान्तवाको हत्या आरोपमा एमके पक्राउ

शंखमूलमा स्नुकर सञ्चालक बान्तवाको हत्या आरोपमा एमके पक्राउ

बुधवार , भाद्र १२, २०८१

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बान्तवाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय एमके कुमार छन् ।

बान्तवाको हत्या आरोपमा एमकेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसइबीका कारण उनले बान्तवाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सोमबार बिहान करिब २ बजेतिर रुपक आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर घाइते अवस्थामा भेटिएका थिए।

टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएका उनलाई प्रहरीले उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याएपछि साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

शंखमूलकै साइबाबा पार्कस्थित टहरामा भाडामा बस्दै आएका एमकेको कोठाबाट प्रहरीले घटनामा प्रयोग भएको रड पनि बरामद गरेको छ।

त्यस्तै मृतक राईको पर्स, चस्मा, झोला लुगा पनि बरामद भएको प्रहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077