Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

बुधवार , भाद्र १२, २०८१

काठमाडौं। साफ यू-२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको उपाधि भिडन्तमा बंगलादेश ४–१ गोलले विजयी भएको हो।

बंगलादेशसँग पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन।

बंगलादेशले भने पहिलोपटक साफ यू-२० को उपाधि जितेको हो।

बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिँदा दोस्रो हाफको सुरूवाती समयमा नेपालमाथि लगातार दबाब दिएको थियो।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए।

५५ मिनेटमा मिराजुलले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे। उनले सिक्स यार्डमा प्राप्त पासमा हेडमार्फत गोल गरेका थिए।७१ मिनेटमा बंगालदेशले तेस्रो गोल गर्‍यो।

रोबी हुसनेले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । नेपालले ८१ मिनेटमा गोल फर्काउन सफल भयो। नेपालका लागि समिर तामाङले गोल गरेका थिए।

१० मिनेट थपिएको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा बंगलादेशले चौथो गोल गर्‍यो। उसका लागि अहमेद नोभाले डिबक्स भित्रबाट बललाई गोलपोस्टको दिशा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077