Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उमेर हदका कारण अवकाश हुन लागेका एआईजी ज्ञवालीसहित ५ जना सर्वोच्चमा

उमेर हदका कारण अवकाश हुन लागेका एआईजी ज्ञवालीसहित ५ जना सर्वोच्चमा

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ प्रहरी अधिकृतले सर्वोच्चमा रिट दायर गरेका छन्।

उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सर्वोच्च पुग्नेहरुमा एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर छन्।

दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन् । पद अनुसारको उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् ।

जसकारण प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ ।

आफूहरुलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको जिकिर छ ।

उनीहरुले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077