Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साउदी प्रो लिगमा अल हिलालको लगातार दोस्रो जित

साउदी प्रो लिगमा अल हिलालको लगातार दोस्रो जित

बिहिवार , भाद्र १३, २०८१

एजेन्सी । साउदी प्रो लिग फुटबल अन्तर्गत साविक विजेता अल हिलालले दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा दमाक एफसीलाई ३–२ गोलले हराउँदै अल हिलाल विजयी भएको हो ।

अल हिलालका लागि अलेक्जेन्डर मित्रोभिकले दुई तथा मुसाब फाहज् अलजुहारीले एक गोल गरेका थिए । यस्तै दमाकका लागि फ्रान्कोइ कोमानो र हाबिब डायलोले एक–एक गोल गरेका थिए ।

यो जितसँगै अल हिलाल दुई खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077