Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्न लागेको हो ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । यस्तै, सरकारका कामकारबाहीबारे पनि समीक्षा हुनेछ ।

बुधबार पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले एजेन्डा तय गरेको थियो । बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए।

बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077