Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

म प्रधानमन्त्रीको लाइनमा छैन, पार्टीमा थुप्रै नेता म भन्दा योग्य छन् : परराष्ट्रमन्त्री आरजु

म प्रधानमन्त्रीको लाइनमा छैन, पार्टीमा थुप्रै नेता म भन्दा योग्य छन् : परराष्ट्रमन्त्री आरजु

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा नरहेको स्पष्ट पारेकी छन् ।

बिहीबार धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राणाले सो कुरा स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेकाले धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी ? भन्दै पत्रकारले प्रश्न सोधेका थिए ।

सोही प्रश्नको जवाफमा उनले पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे आफू जानकार रहेको बताइन् ।' प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नु भएको होला,' उनले भनिन् ।

उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् । यस्तै दुई ठूला दल मिलेर सरकार बन्नु अनौठो नभएको समेत उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077