Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपा सांसद झाको प्रश्न - पैसाको सेटिङमा नेपाल एयरलाइन्सका जहाज ग्राउण्डेड गरिएको हो?

रास्वपा सांसद झाको प्रश्न - पैसाको सेटिङमा नेपाल एयरलाइन्सका जहाज ग्राउण्डेड गरिएको हो?

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पैसाको सेटिङमा नेपाल एयरलाइन्सका जहाज पार्किङमा पुर्‍याइएको हो भन्ने प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद झाले यस्तो प्रश्न गरेका हुन् ।

चाडपर्व आउन लागेका बेला अरू कम्पनीहरूसँग पैसाको सेटिङमा नेपाल एयरलाइन्सका जहाज पार्किङमा पुर्‍याइएको हुनसक्ने उनले आशंका गरे ।

उनले नेपाल एयरलाइन्सका सबै जाहाज ग्राउण्डेड भएको खबर आएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद झाले भने,‘यो चाडपर्व आउन लागेको बेला कतै अन्तर्राष्ट्रिय अरु कम्पनीले अरु सञ्चालितहरुलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्‍याइएको हो कि भन्ने पनि आशंका छ।’

सी चेकको लागि एक महिनाको मात्रै समय लिएर केही दिन दिल्लीमा राखिएको र त्यसपछि इटाली लगिएको उनले बताए ।

हाल नेपाल एयरलाइन्सले दैनिक पाँच करोड भन्दा धेरै नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै उनले नेपाल एयरलाइन्सको जहाज ग्राउन्डेड हुनुमा कतै आर्थिक लेनदेन छ कि भनेर प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077