Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रविलाई गगनको जवाफ - प्रमाण भएरै ९ घन्टा बयान लिएको हो, फैसला त आउँनै बाँकी छ

रविलाई गगनको जवाफ - प्रमाण भएरै ९ घन्टा बयान लिएको हो, फैसला त आउँनै बाँकी छ

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्याप्त प्रमाण भएकै आधारमा सहकारी ठगी छानबिन समितिले रवि लामिछानेसँग बयान लिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । लामिछानेलाई सफाइ दिएको नभइ उनको बयान लिइएको महामन्त्री थापाले बताए।

महामन्त्री थापाले समितिमा बयान भएको र प्रमाणकै आधारमा फैसला आउने बताए।

महामन्त्री थापाले भने, ‘यहाँ केही सांसदले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेको सुनियो । हामीसँग भएको तथ्य प्रमाण साथीहरूले पक्कै लिएर गएका होलान् । ९ मिनेटमा चट् भनेको ९ घण्टा बयान दिनुपर्ने अवस्था तथ्य प्रमाण भएकाले नै आएको होइन ? सभापति सूर्य थापालगायत समितिमाथि पूरा विश्वास छ, धेरै मेहनत गर्नुभएको छ । तर साथीहरू (रास्वपा सांसद) झुक्किनु भयो कि ? बयान हो बयान, सफाइ होइन।’

समितिमा रहेका रास्वपा सांसदलाई कालोलाई सेतो कसरी भन्ने भनेर धर्मसंकट निम्तिएको उनको टिप्पणी छ।

महामन्त्री थापाले सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नताको प्रमाण संसदीय छानबिन समितिलाई दिइसकेको बताए।

आफूलाई समितिमाथि पूर्ण विश्वास रहेको महामन्त्री थापाले बताए ।

यसअघि रास्वपाका सांसदहरूले सहकारी ठगीमा लामिछानेमाथिको प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077