Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सरकारले दुई तिहाइको दम्भ देखाए सडकमा आउने प्रचण्डको चेतावनी

सरकारले दुई तिहाइको दम्भ देखाए सडकमा आउने प्रचण्डको चेतावनी

बिहिवार , भाद्र १३, २०८१

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन सरकारले दुई तिहाइको दम्भ देखाए सडकमा आउने चेतावनी दिएका छन् ।

पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउन आफुहरु नडराउने उनको भनाई छ ।

सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको बताए ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न माग गर्दै सडकमा आउने अध्यक्ष प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077