Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

हतियार तस्करीको आरोप लगाएपछि माओवादी सांसदहरुमाथि खनिए योगेश, भने–मिथ्या आरोपको जवाफ दिन तयार छु

हतियार तस्करीको आरोप लगाएपछि माओवादी सांसदहरुमाथि खनिए योगेश, भने–मिथ्या आरोपको जवाफ दिन तयार छु

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराई नेकपा माओवादी केन्द्रका सांसदहरुमाथि खनिएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसदहरूले भट्टराईलाई जनयुद्धको समयमा हतियार ओसारपसारमा संलग्न भएको भनेपछि उनी माओवादीका सांसदहरुमाथि खनिएका हुन् ।

उनले सामाजिक संञ्जालमा लेख्दै निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने सुतीरहेका प्रहरी र सेनामाथि बम हान्नेहरुले लगाएको तथ्यहीन आरोपको जवाफ दिन आफु तयार रहेको बताए ।

सांसद भट्टराईले लेखेका छन् - 'निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने सुतीरहेका पुलिस र सेनामाथि बम हान्ने ,जनताको संपत्ति लुटने,बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाऊने, रक्तचंदनको तस्करी गर्ने गिटी बालुवाको तस्करी गर्ने, तिमिहरुका यी कुकर्मको एक ठाऊँमा मात्र जवाफ देऊ तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाऊँमा जवाफ दिन तयार छु । तिम्रा धमकी र फरेबले मेरो ईमान डगमगाउने छैन। कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन। चेतना भया !'

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसदहरुले एमाले सांसद भट्टराईलाई ‘जनयुद्धको नाममा चन्दा र हतियार तस्कर’ ले जनयुद्धलाई हिंसाको संज्ञा दिएको बताएका थिए।

उनीहरुले सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ नि भन्दै छानबिन गर्न माग गरेका छन् ।

एमाले सांसद भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी युद्धलाई हिंसाको संज्ञा दिएका थिए ।

उनले पटक पटक हिंसा शब्द प्रयोग गरेपछि संसद् बैठक सञ्चालनमा समस्या भएको थियो । एमाले र माओवादी सांसदहरू वाकयुद्धमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077