Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर नै रित्तो हुन्थ्यो : पदम गिरी

सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर नै रित्तो हुन्थ्यो : पदम गिरी

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन भए माओवादी हेडक्वार्टर नै रित्तो हुने दावी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् ।

सांसद गिरीले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले सही ढंगबाट सुन तस्करी छानबिन गरेको भए माओवादीका शीर्ष नेताहरू कोही बाँकी नरहने बताए ।

उनले सही ढंगबाट छानबिन भएको भए माओवादीका शीर्ष तहका कुनै पनि नेता बाँकी नरहने दाबी गरे।

सुशासनको ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम भएको पनि उनले बताए।

सांसद गिरीले भने, 'ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान गर भनेर सर्बोच्च अदालतले भन्दा प्रचण्डले उन्मुक्ति दिएको होइन ? बालुवाटारमा गठबन्धनको बैठक बोलाएर जोगाउन खोजेको होइन ? प्रचण्डको नेतृत्वमा सुन तस्करीमा त किर्तिमान नै कायम भएको हो । साँच्चिकै पारदर्शी र निष्पक्ष छानविन भएको थियो भने तपाईको पार्टीको हेडक्वार्टरमा कोही पनि मान्छे खाली हुने थिएनन्,सबै जेलमा हुन्थे । तर तपाईले सबैलाई उन्मुक्ति दिनुभयो ।'

सांसद गिरीले संसदलाई जनताको समस्याबारे छलफल गर्ने थलो बनाइनुको साटो हल्का टिप्पणी र छुद्र आरोप लगाएर जग हसाउने काम भइरहेको बताए ।

उनले माओवादी पक्षलाई संसदबाट नभएका आरोप लगाउँने र हल्का टिप्पणी गर्ने काम नगर्न आग्रह समेत गरे ।

सांसद गिरीले प्रचण्डको पालामा सुशासनका नाममा आलोचकलाई विभिन्न केस लगाएर फसाउने र तस्करीमा संलग्न माओवादी नेता कार्यकर्तालाई जोगाउनेबाहेक सुशासनको केही काम नभएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077