Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रचण्डलाई एमालेको चेतावनी - गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिनू

प्रचण्डलाई एमालेको चेतावनी - गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिनू

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेकपा एमालेले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सो आग्रह गरेको हो । बैठक पछि उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताबाट बाहिरिएपछि आवेगपूर्ण अभिव्यक्ति आउन थालेको बताए ।

मंगलबार प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा आक्रोश पोखेका थिए । उनले बंगलादेश र श्रीलंकाको घटना सम्झाएका थिए ।

एमालेले सोही लक्षित निर्णय गरेको छ । देश असहज अवस्थामा भएकाले सहज तुल्याउँदै जाने जिम्मेवारी सबै दलहरूको भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077