Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विश्वकपमा सहभागी क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने क्यानको निर्णय

विश्वकपमा सहभागी क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने क्यानको निर्णय

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।

क्यानको बिहीबार सम्पन्न बैठकले वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न आईसीसी पुरुष टी–२० विश्वकपमा उत्कृष्ठ प्रदर्शन गरेको भन्दै खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै सहयोगी कर्मचारीहरुलाई जनही एक लाख ५० हजार रुपैयाँका दरले दिने निर्णय भएको छ ।

यसैगरी हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजारका दरले तलब दिने क्यानले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077