Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नयाँ फुटबल रंगशाला बनाउन २२ लाख डलर विनियोजन गर्ने एन्फाको निर्णय

नयाँ फुटबल रंगशाला बनाउन २२ लाख डलर विनियोजन गर्ने एन्फाको निर्णय

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय मापदण्डको नयाँ रंगशाला निर्माण गर्ने भएको छ ।

जसका लागि एन्फाले २२ लाख अमेरिकी डलर विनियोजन गरेको छ ।

भदौ ११ देखि १३ गतेसम्म बसेको एन्फाको कार्यसमिति बैठकले २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड सहितको फुटबल रंगशाला निर्माण गर्न सो रकम विनियोजन गरेको हो ।

रंगाशाला निर्माणार्थ जग्गा प्राप्तिका लागि सरकारसँग समन्वय गर्ने संघका उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन गर्ने पनि एन्फाले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077