Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सुरु भयो सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम, आज पौडेल भक्तपुर दरबार जाने

सुरु भयो सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम, आज पौडेल भक्तपुर दरबार जाने

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको छ ।

सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जाने भएका हुन् ।

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्ने छन् । जस अन्तरगत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाँदैछन् ।

पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077