Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दशरथ रंगशाला मर्मतका लागि ३ लाख अमेरिकी डलर विनियोजन गर्ने एन्फाको निर्णय

दशरथ रंगशाला मर्मतका लागि ३ लाख अमेरिकी डलर विनियोजन गर्ने एन्फाको निर्णय

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालाको मैदान मर्मतका लागि ३ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरेको छ।

एन्फा कम्प्लेक्समा बसेको एन्फाको बैठकले रंगशालाको मैदान मर्मतका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो।

रंगशाला मर्मत, रेखदेख, संरक्षण तथा परिचालनको जिम्म संघबाटै गर्नका लागि युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग माग गर्ने निर्णय पनि एन्फाले गरेको छ।

एन्फाले करिब २५ देखि ४० हजार दर्शक क्षमताको सुविधासम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्डसहितको फुटबल रंगशाला निमार्ण गर्न आवश्यक देखिएको जनाएको छ।

रंगशाला निर्माणका लागि संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा, कार्यसमिति सदस्य मनिष जोशी रहने रहने तीन सदस्यीय समिति समेत गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077