Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादीमा नेतृत्व हस्तान्तरणको बहस तत्काल जरुरी छैन : अध्यक्ष प्रचण्ड

माओवादीमा नेतृत्व हस्तान्तरणको बहस तत्काल जरुरी छैन : अध्यक्ष प्रचण्ड

शुक्रवार , भाद्र १४, २०८१

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस तत्काल जरुरी नभएको बताएका छन् ।

पार्टीको आन्तरिक छलफलमा भाग लिन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टीभित्र नेतृत्व हस्तान्तरको विषयमा तत्काल छलफल चलाउनु उपयुक्त नहुने बताए।

उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले आफूले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए।

अध्यक्ष प्रचण्डले भने,‘म उमेरले ७० वर्ष कट्दैछु, सँधै नेतृत्वमा रहिरहने पनि मेरो इच्छा छैन । प्रचण्ड अध्यक्ष भन्दामाथि भइसकेको छ, त्यसैले राम्रो टिम बन्यो भने अध्यक्षभन्दा अर्को भूमिकामा जाने भन्ने छ।’

पार्टीभित्र राम्रो टिम बनेपछि आफूले अध्यक्षको जिम्मेवारीबाट अलग भएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्ने सोचेको अध्यक्ष प्रचण्डले बताए।

अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याईएको बताए।

पार्टीभित्र भएका छलफल र बहसलाई गलत प्रचार गरेर पार्टी फुट्ने हल्ला फिजाईएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077