Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपाका सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

रास्वपाका सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

शुक्रवार , भाद्र १४, २०८१

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्।

बाहुनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन्। बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए।

संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो। ७२ घन्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उनले जवाफ पनि दिएका थिए।

तर स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले बिहीबारदेखि लागू हुने गरी प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट मुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077