Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्धारा ‘हाइड्रोजन कार र रिफ्युलिङ' प्रणालीको शुभारम्भ

प्रधानमन्त्री ओलीद्धारा ‘हाइड्रोजन कार र रिफ्युलिङ' प्रणालीको शुभारम्भ

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयमा ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्।

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि उक्त हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो ।

यससँगै अब नेपालमै हाइड्रोजनबाट चल्ने कार पनि पहिलो पटक गुड्ने छ।

दक्षिण कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको थियो ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजन प्रयोगले कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077