Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पेरिस पारा ओलम्पिकमा पलेशा क्वाटरफाइनलमा

पेरिस पारा ओलम्पिकमा पलेशा क्वाटरफाइनलमा

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वाटरफाइनलमा प्रवेश गरेकी छन्।

पलेशाले तेक्वान्दोको के-४४ अन्तर्गत आज भएको महिला ५७ केजीमुनि तौल समूहमा भियतनामकी मोरालेस भलेरियाविरुद्ध खेल जितेकी हुन् ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा राउन्ड अफ १६ को खेलमा उनले भलेरियालाई ३१–० को अंक अन्तरले पराजित गरिन् ।

पलेशाले बडी किकबाट सबैभन्दा धेरै अंक बटुलेकी थिइन्। पलेशाले अब क्वाटरफाइनलमा आजै ब्राजिलकी कार्डोसो फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछन्।

टोकियो पारा ओलम्पिककी कांस्य विजेता फर्नान्डेजले वर्ल्ड च्याम्पियनसिपमा दुई पटक स्वर्ण जितेकी छन्। उनी वाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077