Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

शुक्रवार , भाद्र १४, २०८१

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनेगरी काम थालेको दाबी गरेका छन् ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आउँदो एसईईमा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरे ।

उनले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको बताए।

नेपालको शिक्षा क्षेत्रको सुधार गर्नको देशभर अनलाइन कक्षा सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताए ।

उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077