काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने बताएका छन्।
‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।
सभापति देउवाले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने बताए।
सभापति देउवाले भने, ‘बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्छ, संविधानमा कति कुरा संशोधन हुनसक्ने अवस्था पनि छ । सबैले आवश्यक ठान्यो भने संशोधन हुनसक्छ । अहिलेको संविधान समावेशी छ।’
उनले सबै नेपालीलाई अटाउने संविधान बनेको जिकिर गरे । संविधानमा भएका कमीकमजोरीलाई सुधारेर अगाडि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ ।