Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जान्छ : सञ्चारमन्त्री गुरुङ

वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जान्छ : सञ्चारमन्त्री गुरुङ

शनिवार , भाद्र १५, २०८१

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्।

आज पोखरा पुगेका सञ्चारमन्त्री गुरुङले तत्काल समीकरण भत्किने कारण नभएको बताएका हुन्।

अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको उनको भनाई छ ।

सञ्चारमन्त्री गुरुङले, ‘हाम्रो सरकार के कारणले ढल्छ रु सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन। त्यसैले सरकार ढल्ने कुरै छैन ।’

उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्नेबेलासम्म केही नहुने बताए ।

अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै यसले पनि सरकार ०८४ सम्मै टिक्ने संकेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077