Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

टीआरसी विधेयक पारित भएकोमा चीनले दियो बधाई

टीआरसी विधेयक पारित भएकोमा चीनले दियो बधाई

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । संक्रमणकालीन न्यायालाई टुंगोमा पुर्‍याउने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन (टीआरसी) विधेयक पारित भएकोमा चीनले बधाई दिएको छ ।

चीनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा स्वागत गरेको हो।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शनिबार समाजिक संजाल एक्समार्फत विधेयक प्रमाणीकरण गरेकोमा नेपाललाई बधाई दिएका छन् ।

राजदूत सोङले भनेका छन्,‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (तेस्रो संशोधन) विधेयक, २०८१ लाई प्रमाणीकरण गरेकोमा हार्दिक बधाई। सबै दलको सहमतिमा आधारित नेपालको शान्ति प्रक्रियामा यो ऐतिहासिक कोसेढुंगा हो । सरोकारवालाहरू अगाडि बढ्ने र नेपालको उज्ज्वल भविष्यलाई अँगाल्ने बेला आएको छ।’

सर्वदलीय सहमतिमा आधारित नेपलाको शान्ति प्रक्रियामा यो कोसेढुंगा हुने समेत चिनियाँ राजदूतको भनाइ छ।

संघीय संसदका दुवै सनदबाट पारित भएर आएको विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रमाणीकरण गरेका थिए। राजपत्रमा प्रकाशित भएसँगै अब यो लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077