Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

देशका शैक्षिक संस्थाहरूलाई खत्तम पार्ने षड्यन्त्र भईरहेको छ : माधव नेपाल

देशका शैक्षिक संस्थाहरूलाई खत्तम पार्ने षड्यन्त्र भईरहेको छ : माधव नेपाल

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशका शैक्षिक संस्थाहरूलाई खत्तम पार्ने षड्यन्त्र भईरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित बृहत् शैक्षिक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरे।

शिक्षा प्रणाली सुधार गर्न सरकार चनाखो हुनुपर्ने अवस्था रहेको अध्यक्ष नेपालले बताए ।

ध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सिर्जना गर्ने कुरामा सरकार र सम्बद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

उनले विश्वविद्यालयहरुलाई पनि समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077