Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मेरो प्रधानमन्त्रीको कार्याकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ : ओली

मेरो प्रधानमन्त्रीको कार्याकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ : ओली

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल अब १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताएका छन्।

क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले आफूले सधैँ मुलुकको नेतृत्व गर्छु भनेर भन्न नहुने सम्बोधनको क्रममा बताए।

प्रधानमन्त्री ओलीले भने,‘मैले सधैँ मै नेतृत्व गर्छु भनेर हुन्छ र ? मलाई मन नपराउनेहरूका लागि खुसीको खबर भन्दिन चाहन्छु । मेरो प्रधानमन्त्रीको कार्याकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ। मन पराउनेलाई खुसी हो।’

उनले समयमै नेतृत्व हस्तान्तरण गरौँ भन्ने नीति आफ्नो रहेको पनि जिकिर गरे। उनले समय भन्दा पनि हप्ता दिन अगाडि नै नेतृत्व छाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077