Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

इलाममा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

इलाममा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । इलाममा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोक्तिम वर्षामापन केन्द्रमा शनिबार बेलुका भारी वर्षा भएको हो ।

त्यहाँ थप वर्षा हुनसक्छ । वर्षासँगै खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“भदौ १५,राति ८ः२० बजे । पछिल्लो एक घण्टामा इलाम जिल्लाको सोक्तिम वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको छ । सो क्षेत्र भई बहने माईखोला, गरुबाखोलालगायत अन्य स–साना खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077