Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

आइतवार , भाद्र १६, २०८१

जुम्ला । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् ।

तातोपानी गाउँपालिका–४, लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ भेडा मरेका हुन् ।

घटनाको थप विवरण आउन बाँकी रहेको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।

गएको साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब १०० भेडा मरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077