Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतवार , भाद्र १६, २०८१

धनगढी । धनगढीका दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका(२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापा रहेका छन् ।

शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनको पद्मा अस्पतालमा अत्तरियामा उपचार भइरहेको छ ।

ट्रक र चालक बझाङको वित्थडचिर गाउँपालिका-२ का भरत बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077