Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एन्फा महिला लिग आजबाट, उद्घाटन खेलमा कोशी र वालिङ नगरपालिका भिड्ने

एन्फा महिला लिग आजबाट, उद्घाटन खेलमा कोशी र वालिङ नगरपालिका भिड्ने

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि एन्फा महिला लिग सुरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, वाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाको सहभागिता रहनेछ ।

यस्तै, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता छ । लिगको उद्घाटन खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा कोसी प्रदेश र वालिङ नगरपालिकाबीच हुनेछ ।

लिग विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077