Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मकवानपुर र चितवनमा भारी वर्षा

मकवानपुर र चितवनमा भारी वर्षा

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । मकवानपुर र चितवनमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको हो ।

त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ । यस्तै चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ ।

ओखलढुंगामा ३६.२ मिलिमिटर वर्षा भएको छ। चितवनकै देवघाटमा पछिल्लो एक घन्टामा ३३.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077