Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रियल भल्लाडोलिडमाथि बार्सिलोनाको सानदार जित

रियल भल्लाडोलिडमाथि बार्सिलोनाको सानदार जित

आइतवार , भाद्र १६, २०८१

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल भल्लाडोलिडलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्की, जुलेस कोउन्डे, डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए।

यो जितपछि बार्सिलोनाले यस सिजनमा लगातार चौथो खेलमा जित हासिल गरेको छ। बार्सिलोनाको ४ खेलमा १२ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077