Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सत्तामा बसेका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : धनराज गुरुङ

सत्तामा बसेका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : धनराज गुरुङ

आइतवार , भाद्र १६, २०८१

इलाम । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्तामा बसेका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

इलाममा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमितिको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताएका हुन्।

उनले सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति सुरु गरेको बताए। उपसभापति गुरुङले सुन काण्डका आरोपीलाई अघिल्लो सरकारले उन्मुक्ति दिएको बताए।

असल शासनको कुरा मात्रै गरेर नहुने भन्दै अहिलेसम्म सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न आवश्यक रहेको उनले बताए।

उनले संविधान संशोधन गरेर सांसदको सख्या घटाउनु पर्ने बताए । उपसभापति गुरुङले प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिकको व्यवस्था राख्नु पर्ने धारणा राखे ।

उनले अर्थतन्त्र सुधारका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताए । उनले स्थानीय मदिरालाई ब्राण्डिङ गरेर करको दायरामा ल्याउनु पर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077