Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

आजका दिनमा माओवादी नै नयाँ शक्ति हो : अध्यक्ष प्रचण्ड

आजका दिनमा माओवादी नै नयाँ शक्ति हो : अध्यक्ष प्रचण्ड

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल बाँकेले नेपालगञ्जमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्स पूरा गरेर आएको हुनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले भने,‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो,आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ । हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं। संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ।’

उनले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने बताए।

यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने पनि अध्यक्ष प्रचण्डले विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077