Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ।

अस्पतालको दोस्रो तलाबाट हामफालेकी काठमाडौं महानगरपालिका-८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा मृत्यु भएको हो।

आईसीयूमा राखेर उपचाररत तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

थाइराइडको क्यान्सर उपचारका लागि उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् ।

उनले अस्पतालबाट हाम फाल्नुको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077