Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म हिँडेर प्रदर्शन

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म हिँडेर प्रदर्शन

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । निर्मला कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।

बाँकेकी कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाहलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा अधिकारकर्मीले प्रदर्शन गरेका हुन्।

उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरदेखि प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पैदलमार्च गरे।

प्रदशर्नकारीले निर्मला कुर्मीलाई न्याय देऊ, मानव अधिकार र कानुनी राज्यको संरक्षण गर लगायतका नारा लेखिएको कार्ड बोकेका थिए।

यसअघि गृह मन्त्रालय र पीडित परिवारबीच कुर्मीको मुद्दा अदालत पठाउन सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो।

तर मुख्य आरोपीलाई नै प्रदेशको मन्त्री नियुक्त गरेपछि सत्ताधारी पार्टीले पीडकलाई संरक्षण गरिरहेको उनीहरूको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077