Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

३५ वर्षपछि परिवार भेटेका प्रकाशले पाए नागरिकता

३५ वर्षपछि परिवार भेटेका प्रकाशले पाए नागरिकता

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । ‘हेर्ने कथा’को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङले नागरिकता पाएका छन् ।

३५ वर्षअघि परिवारको सम्पर्कबाट टाढिएर बेपत्ता बनेका प्रकाशले आज घरमै नागरिकता पाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरले उनलाई घरमै गएर नागरिकता प्रदान गरेको थियो । षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उनलाई नागरिकता हस्तान्तरण गरे।

वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको रोहबरमा उनलाई नागरिकता दिइएको हो।

३५ वर्षअघि परिवारका सदस्यसँग काठमाडौं आएका प्रकाश एकाएक हराएका थिए।

विद्या चापागाईं र कमलकुमारले निर्देशन, निर्माण गर्दै आएको हेर्ने कथा (युट्युव श्रृंखला) ले प्रकाशलाई उत्तरी गोरखाको चुम उपत्यकामा फेला पारेका थियो। प्रकाश त्यहाँ चौरी गोठालाको रूपमा थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077