Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सहकारी ठगी प्रकरणमा रवि, छवि र विपिन संलग्न तीन संस्थामा प्रहरीको खानतलासी

सहकारी ठगी प्रकरणमा रवि, छवि र विपिन संलग्न तीन संस्थामा प्रहरीको खानतलासी

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीले गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा खानतलासी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिएको हो ।

डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका कर्मचारी विपिन कर्माचार्यसँग सोधपुछ गरेको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समेत सभापति रहेका लामिछानेसँग कास्की प्रहरीको टोली पनि काठमाडौँनै आएर रविसँग सोधपुछ गरेको हो ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली काठमाडौँ आएको हो । रविविरुद्ध पूरक जाहेरी परेपछि आवश्यक विषय बुझ्न सोधपुछ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077