Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

नक्कली नोट बनाउने गिरोह पक्राउ

नक्कली नोट बनाउने गिरोह पक्राउ

सोमवार , भाद्र १७, २०८१

सर्लाही । नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५, बस्ने २६ वर्षीय सौगात थापा मगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, बस्ने ४७ वर्षीय विजय लामा, सर्लाहीको गोडैता नगरपालिका–१२, मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई रहेका छन्।

त्यस्तै, ललितपुरको ललितपुर महानगरपालिका–१, कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाङ्गुनारायण नगरपालिका–५, बस्ने ३७ वर्षीय अमिर खत्री, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर र भारतकै मेजरगन्ज पन्चायत–८, बस्ने ४० वर्षीय सुवोध कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका आठ जनाविरुद्ध अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले प्रहरीलाई १० दिनको म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077