Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गण्डकीमा एमालेबाट मन्त्री बनेका चार जनाले लिए शपथ

गण्डकीमा एमालेबाट मन्त्री बनेका चार जनाले लिए शपथ

सोमवार , भाद्र १७, २०८१

पोखरा । गण्डकी प्रदेशमा एमालेबाट मन्त्री बनेका चार जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिएका हुन्।

जिसीको नेतृत्वमा गएका चार जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराम भट्टले पद तथा गोपनीयताको सपथ खुवाए।

पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, कृष्ण पाठकले स्वास्थ्य, मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन्।

गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो ।

सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077