Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रधानमन्त्री ओली र भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीबीच भेटवार्ता

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी)का शिक्षार्थीहरुले भेट गरेको छ ।

नेपाल अध्ययन भ्रमणमा रहेका एनडिसीका शिक्षार्थीहरुले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए।

उनले गौतम बुद्ध र महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा तथा विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताए।

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गरे ।

भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077